सेमेस्टर लागू भएपछि विद्यार्थी घटे

११ पुष २०७४, मंगलवार ०४:३६

पुस ११, काठमाडौं । त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्र केन्द्रीय विभागअन्र्तगत स्नाकोत्तर तहमा नियमित अध्ययन गर्ने विद्यार्थीको संख्या न्यून भएको छ ।

त्रिविले स्नाकोत्तर तहअन्र्तगत सेमेस्टर प्रणाली लागू गरेपछि विद्यार्थीको संख्या घटेको हो । केन्द्रीय विभागको तथ्यांकअनुसार शैक्षिक वर्ष ०६९÷०७० मा १५३ विद्यार्थी स्नकोत्तर अध्ययनका लागि केन्द्रिय विभागमा भर्ना भएका थिए । तर सेमिस्टार प्रणालीपछि भने यो संख्या ह्वात्तै घटेर गएको छ । शैक्षिक वर्ष ०७०÷०७१ मा केन्द्रीय विभागमा २२ जना मात्र विद्यार्थी भर्ना भए । ०७१÷७२ मा यो संख्या २० मा सिमित भयो । ०७२÷०७३ मा भने यो संख्या आधाले घटेर १० जनामा सिमित हुन पुग्यो । ०७३÷०७४ मा केही सुधार भएर २४ जना विद्यार्थीले सेमेस्टार प्रणाली अन्र्तगत राजनीतिक शास्त्र अध्ययन गरिरहेका छन् ।

त्रिविले राजनीतिक शास्त्रको स्नाकत्तोर तहको सेमेस्टारसँगै प्राइभेट तर्फबाट पनि परीक्षा दिन पाउने व्यवस्था गरेकाले विद्यार्थीहरु सेमेस्टारतर्फ कम भर्ना हुने गरेको राजनीतिशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. गेहेनद्रलाल मल्ल दाबी गर्छन् । ‘सेमेस्टारमा ८० प्रतिशत उपस्थिति अनिवार्य छ तर कामकाजी विद्यार्थीहरुसँग त्यसका लागि समय छैन जसले गर्दा विद्यार्थी नियमितभन्दा प्राइभेटतपर्फ बढी आकर्षित भइरहेका छन् ।’ मल्ले भने । स्नाकोत्तर तह अध्ययन गर्ने अधिकांश विद्यिार्थीले काम गर्दै पढ्ने हुँदा नियमित कलेज उपस्थित हुने विद्यार्थी कम हुने मल्ल बताउँछन् । ‘प्राइभेट क्याम्पसमा उपस्थित नै नभई पढ्न पाइने व्यवस्था छ त्यसैले विद्यार्थी त्यसतर्फ आकर्षित भएका छन्।’ उनले भने ।

सेमेसटार प्रणालीमा विद्यार्थीको उपस्थिति बढाउनका लागि प्राइभेटतर्फको समानान्तर स्नाकोत्तर तह हटाउनुपर्ने मल्ला बताउँछन् । कामकाजी विद्यार्थीका लागि त्रिविले बरु सेमेस्टारस प्रणाली भित्रै छुट्टै सहज व्यवस्था गरेमा विद्यार्थीको स.खया वृद्धि हुने बताउँछन् ।

राजनीतिशास्त्र राजनीतिक विकासक्रमसंग सिधै जोडिने विषय भएकाले यसको क्षेत्र फराकिलो बन्दै गएको राजनीतिशास्त्रका प्राध्यापकहरु बताउँछन् । पछिल्लो समय पाठ्यक्रम समेत समयसापेक्ष र नेपालको राजनीतिक परिवर्तनसँग जोडेर तयार पारिएकाले यसको महत्व बढ्दै गएको प्रा. डा. मल्लको तर्क छ । बरु केन्द्रीय विभागमा अध्यापन गराउने जनशक्तिको भने समस्या रहेको मल्ल बताउँछन् ।
‘केन्द्रीय विभागमा अध्यापन गराउन आउने शिक्षकहरु केही हच्किने अवस्था छ,’ मल्लले भो । रेगुलर मेहनत गर्नुपर्ने तथा अंग्रेजी भाषामा पढाउनुपर्ने कारणले पुरानो पुस्तामा अंग्रेजी भाषाको राम्रो दखल नहुनु पनि यसको कारण हो भन्छन् उनी । –गोरखापत्र