सेनाका जमदारको सुतेकै ठाँउमा मृत्यु

१२ मंसिर २०७४, मंगलवार ०९:२५

मंसिर १२ ,मोरङ ।
विराटनगरमा चुनाव प्रचारप्रसारको क्रममा विना विभागीय मन्त्री एवंम् बामगठवन्धनका उम्मेद्वार शिव कुमार मण्डलको सुरक्षार्थ खटिएका सेनाका एक जमदारको मृत्यु भएको छ ।

चुनाव प्रचारमा हिँडेका नेपाली सेनाका जमदार रोमबहादुर बुढा मन्त्रीसँगै दिउँसभरि जस्तै यता र उता हिडेंका थिए । दिनभरि चुनावी कार्यक्रमबाट थाकेर राती अबेर साढे ११ बजे फर्केका जमदार बूढा, नेपाली प्रहरीका सइ कृष्ण बुढाथोकी, मन्त्रीका गाडी चालकले संगै खाना खाएका थिए । खाना खाइसकेपछि सइ बुढाथोकी र जमदार बुढा सुत्न गए । दुवै जना एउटै ओछ्यानमा सुते । राती एक बजेको हाराहारीमा जमदार बुढाले घ्यार घ्यार गरेको सुनेपछि सइ बुढाथोकी उठेर सबैलाई बोलाए । बुढाको अवस्था नाजुक भएपछि तत्कालै उनलाई अस्पताल लगिएको भएपनि बचाँउन सकेनन् । जमदार बूढालाई विराट नर्सिङ होम पुराईएलगतै उनको मृत्यु भएको थियो । दैलेख घर भएका जमदार बुढा बर्दबहादुर गण नागार्जुनमा कार्यरत रहेका थिए ।