सुर्खेतमा  ५ करोड लगानिको फिल्म हल उद्घाटन

७ पुष २०७४, शुक्रबार १०:२६

सुदिप पुरि  पुस ७, सुर्खेत ।

सुर्खेतमा प्रदेशकै सुविधा सम्पन्न चलचित्र घरको उद्घाटन गरिएको छ । वीरेन्द्रनगरमा निर्माण गरिएको ‘लक्ष्मी चलचित्र मन्दीर’को शुक्रबारएक कार्यक्रमका बीच पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गर्नुभएको हो । प्रदेशको राजधानीका रुपमा हेरिएको वीरेन्द्रनगरमा चलचित्र क्षेत्रमा सुविधा दिने उद्देश्यका साथ साढे ४ करोडको लगानीमा उक्त चलचित्र घर निर्माण गरिएको हो ।

अत्याधुनिक प्रविधियुक्त उक्त हलमा प्लाटिनम र गोल्ड गरि २४० सिट क्षमता रहेको छ भने थ्रि-डी र एच-डी दुवै क्वालीटिमा फिल्म हेर्न सकिने म्यानेजिङ डाइरेक्टर सुमित गुरुङले जानकारी दिनुभयो ।


उहाँका अनुसार हलको बाहिरपट्टी आवश्यक सवारी पार्किङ तथा भित्रपट्टि क्याफेको व्यवस्था गरिएको छ । सुर्खेतमा पारिवारिक वातावरणमा बसेर चलचित्र हेर्नका लागि उपयुक्त हल नभएको बेला उक्त हलबाट सहज रुपमा चलचित्र हेर्न पाउने गुरुङले बताउनुभयो । हलमा आधुनिक प्रणालीको शौचालयको समेत व्यवस्था गरिएको छ । उक्त हलमा फिल्म हेर्नका लागि अग्रिम टिकट समेत लिन सकिने छ । डाईरेक्टर गुरुङका फिल्म हेर्नका लागि टिकट शुल्क प्लाटिनमको ३५० र गोल्डको २५० रुपैयाँ कायम गरिएको छ भने बिहानी ‘सो’ भने त्यसको ५० प्रतिशत छुटमा हेर्न सकिने छ ।