सुरक्षा कडा हुन्छ, चुनाव सफल हुन्छ : प्रधानमन्त्री देउवा

४ मंसिर २०७४, सोमबार ०१:१७

मंसिर ४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शान्तिपूर्ण र व्यवस्थित रुपमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनाव सफल पार्न सुरक्षा व्यवस्था कडा पार्ने बताएका छन् ।

प्रेस युनियन डटेल्धुराले आईताबार विहान आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले उम्मेद्वारहरुको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको र आफू राजधानी फर्केपछि सुरक्षा व्यवस्था अझै कडा पारिने बताए । उनले भने, ‘ नेपाल कम्युनिष्ट पार्टी विप्लव –नेत्रविक्रम चन्द) समूहबाहेक अरु कसैले आतंक मच्याएको खबर छैन, उम्मेद्वारमाथी हमलाको प्रयास गर्नेलाई पक्राउ गरिएको छ , सुरक्षा व्यवस्था कडा पारी भव्य रुपमा चुनाव भएरै छाड्छ, यसमा शंका गर्नुपर्ने कुरा छैन् ।’


देउवाले आसन्न निर्वाचनपछि काँग्रेसकै नेतृत्वमा सरकार बन्ने दावी गरे । उनले काँग्रेसको चित भएमात्र मुलुकमा स्थायित्व र लोकतान्त्रिक सुदृढ हुने बताए । सरकार र चिनियाँ कम्पनी थ्री गर्जेजबीच पश्चिम सेती जलविद्युत् परियोजना निर्माण गर्न लगानी सम्झौता भइसकेको जानकारी दिदै प्रधानमन्त्री देउवाले भने, ‘ अब त पश्चिम सेती परियोजना आइसक्यो, थ्री गर्जेज ठूलो कम्पनी हो, उसले धेरै विद्युत् आयोजना निर्माण गरिसकेको छ। ’ देउवाले पश्चिम सेती जलविद्युत् परियोजना भएपछि लाखौँ स्थानीयले रोजगारी पाउने बताए । उने थपे, ‘पञ्चेश्वर बहुउद्देश्यीय परियोजना निर्माणको काम पनि अघि बढेको छ । केही समयभित्रै भारतीय टोली नेपाल आइ आवश्यक प्रक्रिया अघि बढाउने तयारी छ । ’

 

सुदुरपश्चिम र डडेल्धुराका सवालमा उनले २०४८ सालपछि राजधानीसँग ंिगो सुदूरपश्चिम जोडिएपछि विकासका कामले गति लिएको बताए । उनले भने, ‘त्यस दखत डडेल्धुराबाट काठमाडौं पुग्न ११ दिन लाग्थ्यो । अहिले त गाउँगाउँमा सडक पुगेका छन्, अब यी सबै सडक काँग्रेसकै नेतृत्वमा कालोपत्रे हुन्छन् र यहाँका जनतालाई आर्थिक तबरले समृद्ध बनाईनेछ । ’   सूदुरपश्चिमका सबै जिल्ला सदरमुकामसम्म जोडिएका सडक कालोपत्रे भएको जनाउँदै देउवाले पहाडी र तराई जिल्लामा बन्द रहेका विमानस्थलहरुको पनि स्तरोन्नति भइरहेको बताए । डडेल्धुराको भित्रि मधेश स्थित पन्तुरा, सुनखोला नदीमा पुल निर्माण काम अन्तिम चरणमा रहेको, रंगुन नदी कटान नियन्त्रणका लागि बजेट परेको, बुडर–जोगबुढा–दैजी सडक कालोपत्रे गर्न ठेक्का भइसकेको, डडेल्धुरा सदरमुकाममा व्यवस्थित खानेपानी विस्तारका लागि ठेक्का सम्झौता भइसेको जानकारी दिदैँ अबत ी कामले गति लिने बताए । –नागरिक दैनिक