सीमामा गस्ती गर्न नेपाल र भारतको संयुक्त टोली

७ मंसिर २०७४, बिहीबार ०१:३२

मंसिर ७, काठमाडौं । नेपाल र भारतका सुरक्षाकर्मीले सीमानाकामा सुरक्षा सतर्कता बढाएको छन् । आगामी २१ मंसिरमा हुने निर्वाचन सुरक्षाका लागि सीमामा गस्ती गर्न संयुक्तटोली बनाएको छ ।

इलाका प्रहरी कार्यालय हिरमिनियाका इन्र्चाज प्रहरी नायब निरिक्षक प्रशाराम केसीका अनुसार गस्ती टोलीमा भारतको सशस्त्र सीमाबल (एसएसबी) र नेपालको सशस्त्र प्रहरी र नेपाल प्रहरीका सात–सात जना छन् । गस्तीका लागि सशस्त्र प्रहरी बलका कालाबन्जरका इन्र्चाज सशस्त्र प्रहरी इन्र्चाज गंगाराम भट्ट, इलाका प्रहरी कार्यालय हिरमिनियाका इन्र्चाज प्रहरी नायब निरिक्षक केसी र भारतस्थित मुन्सीपुर्वा एसएसबी क्याम्पका इन्र्चाज अरविन्दकुमारको नेतृत्वमा सुरक्षाकर्मी खटाएको छ ।

 

टोलिले बुधबारदेखि नै गस्ती सुरु गरेको बाँकेका प्रहरी प्रमुख उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिए । पहिलो चरणमा सीमास्तम्भ नम्बर २६÷१ देखि २७÷१५ सम्म गस्ती गरिउको उनको भनाई छ । निर्वाचन नसकिएसम्म गस्तीलाई निरन्तरता दिने उनले बताए ।
दुवै देशका सुरक्षाकमीले नाकामा आउजाउ गर्नेमाथि पनि निगरानी बढाएका छन् सीमापारिबाट हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न भारतको सशस्त्र सीमाबल (एसएसबी) सँग मिलेर काम गरिरहेको तामाङको भनाई छ । सीमामा हुने विभिन्न अपराधिक गतिविधिले निर्वाचनमा नकारात्मक असर पार्न सक्ने हुँदा संयुक्त गस्ती गरिएको बाँके प्रहरी प्रमुख तामाङ बताए । –नयाँ पत्रिका