हिंसात्मक घटनामा सरकार गम्भीर भएन – ओली

२ मंसिर २०७४, शनिबार ०२:३७

मंसिर २, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेद्वार र निर्वाचन प्रचारप्रसारमा हिँडिरहेका नेताहरुलाई लक्षित गरी मुलुकका विभिन्न भागमा हिंसात्मक घटनाप्रति सरकार गम्भीरता नदेखिएको बताएका छन् ।

विभिन्न सञ्चारमाध्यममा कार्यरत वरिष्ठ पत्रकारहरुवीच शुक्रमबार राधानीमा अन्तरक्रियात्मक छलफल गर्दै पूर्वप्रधानमन्त्री ओलीले भने हाम्रा कार्यक्रम र हाम्रा नेताहरुलाई ताकेर बम प्रहार भईरहेका छन।
अध्यक्ष ओलीले हिंसात्मक घटना रोक्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताउँदै यस्ता घटनामा जोसुकै संलग्न भए पनि उनीहरुलाई नेपाली समाजले कदापि नस्वीकार्ने हुँदा यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेका छन् ।
एमाले अध्यक्ष ओलीले सरकार आफ्ना लागि मात्र संवेदनशील रहेको आरोप लगाए । निर्वाचन शान्तिपूर्ण सम्पन्न गराउने क्रममा केन्द्रित हुनुपर्ने कामचलाउ सरकारले त्यस काममा भन्दा अन्यत्र ध्यान दिएको र अहिले गर्नै नपर्ने दीर्घकालिन महत्व र प्रभावका काम गरिरहेकोमा आपत्ति प्रकट गरे ।

बूढीगण्डकी जलविद्युत आयोजना निर्माण ठेक्का रद्द, कर्मचारीको व्यापक सरुवा र बढुवा, स्वास्थ्य नीति अध्यादेशबाट ल्याउने लगायतका सरकारका कदमलाई संकेत गर्दै एमाले अध्यक्ष ओललीले भने कामचलाउ सरकारले दीर्घकालीन महत्वका काम गर्ने होइन, कसैलाई लाइसेन्स दिने, कसैको खारेज गर्ने जस्ता काम गर्नुहुदैन । ती काम बरु आफ्नो निर्वाचन घोषणपत्रमा लेख्ने समय हो अहिले । स्वेच्छाचारी ढंगाले गरिरहेका दीर्घकालीन महत्वका निर्णय आवश्यक देखिए भोली बन्ने सरकारले खारेज गर्न सक्छ ।
बूढीगण्डकीको निर्माण ठेक्का खारेजका शन्र्दभमा स्वार्थमा धक्का पर्नेहरुले विरोध गरेको भन्ने ऊर्जामन्त्री कमल थापाको भनाईप्रति कटाक्ष गर्दै अध्यक्ष ओलीले ऊर्जामन्त्रीलाई सम्हालिएर कोल्न आग्रह गरेका छन् । – गोरखापत्र