सिमान्त र सोनियालाई मिस्टर एन्ड मिस विश्वकर्मा ’२०१७’ को उपाधि

२४ मंसिर २०७४, आईतवार ०५:००

मंसिर २४, काठमाडौं । ‘मिस विश्वकर्मा– २०१७’ को उपाधि सोनिया विश्वकर्माले र ‘मिस्टर विश्वकर्मा–२०१७’को उपाधि सिमान्त विश्वकर्माले जितेका छन् ।

सोनियाले मिस पपुलर र मिस क्याटवाकको उपाधि पनि हालिस गरिन् भने सिमान्तले मिस्टर पर्सनालिटीको उपाधि पनि प्राप्त गरे । दोस्रो संस्करणको मिस्टर एन्ड मिस विश्वकर्मा प्रतियोगितामा फस्ट र सेकेन्ड रनरअपको घोषणा गरिएन ।  राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न सो प्रतियोगितामा अन्य उपाधितर्फ पनि प्रतियोगीबीच प्रतिस्पर्धा भएको थियो । जसअन्तर्गत महिलातर्फ मिस ट्यालेन्टको उपाधि सुसम्पन्न रसाइलीले, मिस फोटोजेनिकको उपाधि निशा सुनारले, बेस्ट ड्रेसको उपाधि बिनु विश्वकर्माले, मिस चर्मिङको उपाधि रेजिना विश्वकर्माले हासिल गरे ।

 

यस्तै मिस बेस्ट स्माइल खुश्बु विश्वकर्मा, मिस बेस्ट स्किन सरिता रमदम घोषित भए । पुरुषतर्फ मिस्टर फोटोजेनिक प्रलाद गजमेर, मिस्टर ट्यालेन्ट सुरज विश्वकर्मा र मिस्टर फ्रेन्डलीको उपाधि कमल विश्वकर्माले प्राप्त गरे । परिवर्तन इभेन्ट नेपालका लागि राज बराईली र सोनिया जिआरले आयोजना गरेकोे प्रतियोगिताको निर्णायकमा गायक आनन्द कार्की, सञ्चारकर्मी कृष्ण भट्टराई, दीपक धिताल, डा। नवल पजियार, क्यानका पूर्वटिम मेनेजर पूर्ण लामा थिए । जयन सुब्बा मानन्धरले सो प्रतियोगिताको कोरियोग्राफी गरेकी थिइन् । कार्यक्रममा महादेव त्रिपाठीको प्रहसनले दर्शक निकै हाँसेका थिए ।