सामसङ्ग डिजिटल प्लाजा बौद्धमा

६ आश्विन २०७४, शुक्रबार ०५:०२

असोज ६, काठमाडौं । सामसङ्ग इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सको नेपालका लागि आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले अत्याधुनिक र सुविधा सम्पन्न सामसङ्ग डिजिटल प्लाजा बौद्ध–चुच्चेपाटि, काठमाडौँमा शुभारम्भ गरेको छ ।

सामसङ्गका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले सामसङ्गका उत्पादनहरु उपलब्ध गराउने उद्देश्यले सुविधा सम्पन्न सामसङ्ग डिजिटल प्लाजा ,चुच्चेपाटि, काठमाडौँमा खोलिएको कम्पनीले जनाएको छ ।
हिम इलेक्ट्रोनिक्स प्रा।लिका निर्देशक सीमा गोल्छा र सामसङ्गका ब्रान्ड एम्बेस्डर ज्योत्सना योगीले विहिबार शोरुमको उद्घाटन गरेका थिए । काठमाडौँ उपत्यका भित्र ८ वटा र उपत्यका बाहिर ५ वटा गरेर हालसम्म १३ वटा सामसङ्ग प्लाजा खुलिसकेको छ ।