साउदी अरबले लेवनानविरुद्ध युद्ध छेडेको हिज्बुल्लाह नेताको आरोप

कात्तिक २५, काठमाडौं । लेबनानका हिज्बुल्लाह नेता हसन नसरल्लाहले साउदी अरबले लेवनानविरुद्ध युद्ध छेडेको आरोप लगाए ।

लेवनानका प्रधानमन्त्री साउद अल हरिरीले राजीनामा दिएपछि हिज्बुल्लाह नेताले यो आरोप लगाएका हुन ।  लेवनानी प्रधानमन्त्री हरिरीले साउदी अरबको राजधानी रियादबाटै आफ्नो राजीनामा दिएका थिए ।  प्रधानमन्त्री हरिरीले एक टेलिभिजन सम्बोधनमार्फत पदत्याग गरेको घोषणा गरेका थिए ।   उनले आफ्नो ज्यानको खतरा भएकाले राजीनामा दिएको उल्लेख गरेका थिए । आफ्नो सम्बोधनका क्रममा उनले इरान र हिज्बुल्लाहलाई निशाना बताएका छन् ।  हिज्बुल्लाह नेता नसरल्लाहले भने साउदी अरबले हरिरीलाई जबरजस्ती रोकेर राखेको आरोप लगाएका छन् । उनले साउदी अरबले लेवनानविरुद्ध इजरायललाई पनि भड्काइरहेको आरोप लगाए ।

 

हिज्बुल्लाह शिया आन्दोलनलाई इरानले साथ दिंदै आएको छ । लेवनानसहित त्यस क्षेत्रमा तनाव बढाउन साउदी अरब जिम्मेवार रहेको निष्कर्ष हिज्बुल्लाहको छ ।  लेबनानी राष्ट्रपति मिसेल आउनसहित अन्य वरिष्ठ राजनीतिज्ञहरुले उनलाई फिर्ता आउन अपील गरेका छन् ।  लेवनानले हरिरीलाई साउदी अरबको एक घरमा नजरबन्द गरिएको र उनमाथि दबाब दिइएको जनाएको छ ।  लेवनानका राष्ट्रपतिले हरिरीको राजीनामा स्वीकृतसमेत गर्नुभएको छैन ।  जबकी हरिरीले टेलिभिजन सम्बोधनबाट राजीनामा घोषणा गरेपछि सार्वजनिकरुपमा केही पनि प्रतिक्रिया दिएका छैनन् ।  शुक्रबारको टेलिभिजन सम्बोधनमा हिज्बुल्ला नेता नसरल्लाहले साउदी अरबले लेवनानविरुद्ध भित्रभित्रै संघर्षका लागि उक्साइरहेको आरोप लगाएका छन् ।  उनले साउदी अरबका अधिकारीहरुले लेवनानका हिज्बुल्लाहविरुद्ध युद्ध गरिरहेको र यसलाई आफूले लेवनानविरुद्धकै युद्धको रुपमा लिएको बताए ।  साउदी अरबले लेवनानमा हमला गर्न इजरायललाई अर्बौ डलर दिने तयारी गरेको आरोप पनि उनले लगाए (एजेन्सी)


प्रकाशित | २०७४ कार्तिक २५ प्रकाशित ०३:१४

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ