सहिद धर्मभक्तको नाममा अस्पताल

१४ पुष २०७४, शुक्रबार ०९:३५

पुस १४, काठमाडौं ।
सरकारले सहिद धर्मभक्त माथेमाको सम्मानमा अस्पतालको नामाकरण गरेको छ । मन्त्रीपरषद् बैठकले सहिद माथेमाको सम्मानमा मानव शरीरको अंग प्रत्यारोपण केन्द्रको नाम परिवर्तन गर्ने निर्णय गरेको हो ।
भक्तपुरको सल्लाघारीमा अवस्थित केन्द्रको नाम परिवर्तन गरी अब धर्मभक्त मानव शरीरको अङग प्रत्यारोपण केन्द्र हुनेछ ।


चार सहिदमध्ये गंगालाल श्रेष्ठको नाममा सहिद गंगालाल ह्ृदयरोग केन्द्र, सहिद शुक्रराज जोशीको नाममा शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल र सहिद दशरथचन्द ठाकुरको नाममा दशरथ रंगशाला निर्माण भईसकेको छ ।
सहिद धर्मभक्त माथेमाकोनाममा भने कुनै पूर्वधार निर्माण नभएकै कारण उनको नाममा धर्मभक्त मानव शरीरको अंग प्रत्यारोपण केन्द्र राखिएको स्वास्थ्यमन्त्री दीपक बोहोराले जानकारी दिए ।