सवारी दुर्घटनामा एकजना गम्भीर घाइते

२६ मंसिर २०७४, मंगलवार ०३:१०

मंसिर २६, काठमाडौं । राजधानीमा गएराति भएको सवारी दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । बालाजुबाट ढुंगेधारा जाँदै गरेको अवस्थामा राति ९ः४५ बजे ट्याक्सीलाई निजी पिकअपले ठक्कर दिएपछि मोटरसाइकलमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक युवक घाइते भएका हुन् ।

 

प्रहरीका अनुसार पाल्पा घर भएका वर्ष ३० खेमबहादुर बुढाथोकी घाइते भएका हुन् । उनको टाउको र खुट्टामा चोट लागेको तथा बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । बुढाथोकीको ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ ।

योसँगै विगत २४ घण्टामा राजधानीमा २२ वटा दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।  त्यस्तै विगत २४ घण्टामा ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्ने १,६९५ चालकलाई कारवाही गरेको छ । कारवाहीमा पर्नेहरुमा मापसे गरी सवारी चलाउने ७५ जना छन् भने लेन नियम उल्लंघन गर्नेको संख्या ४११ छ ।