सर्वोच्च अदालत र निर्वाचन आयोगको निर्णय मान्य : उपप्रधानमन्त्री पोख्रेल

११ फाल्गुन २०७७, मंगलवार १३:३४

उपप्रधानमन्त्री इश्वर पोख्रेलले शक्ति पृथकीकरणको सिद्धान्त अनुसार सर्वोच्च अदालत र निर्वाचन आयोगको निर्णय आफूहरूकालागि मान्य हुने बताउनुभएको छ । प्रेस संगठन चितवनले मगलवार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै उहाँले संसद विघटन सम्वन्धी मुद्दामा सर्वोच्च अदालतको निर्णय र पार्टीको आधिकारीकता र चुनाव चिन्ह सम्वन्धी निर्वाचन आयोगको निर्णय आफूहरुकालागि मान्य हुने धारणा राख्नुभयो ।
“लोकतन्त्रमा विमति राख्न पाइन्छ तर शक्तिपृथकीकरणको सिद्धान्त अन्र्तगत सर्वोच्च अदालत र निर्वाचन आयोगका निर्णय मान्नु पर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।
“निर्वाचनमा जाने ताजा जनादेश लिने र जनताले आफ्नो प्रतिनिधि छान्ने अवसर पाएका छन्”, उहाँको स्पष्ट कथन थियो, “निर्वाचनवाट जनताले आफ्ना प्रतिनिधि छान्ने अवसर पाए पनि अहिले जनताको आस्था र भरोसा भनेको सर्वोच्च अदालत प्रति छ । उसले जे निर्णय गर्छ त्यो सरकारकालागि मान्य हुने छ ।”

पार्टी भित्र अन्र्तविरोधमा खेल्ने प्रवृत्ति र कुण्ठा र ईश्यामा रमाउनेहरुबीचको गठवन्धनले नेकपा विभाजन हुन पुगेको बताउनुहुदै उहाँले देशलाइ अस्थिर राजनीति गर्नेहरुवाट जोगाउनु आवश्यक भएको धारणा राख्नुभयो । पत्रकार सम्मेलन प्रेस संगठन चितवनका अध्यक्ष सुवाष पण्डितको अध्यक्षतामा सम्पन्न भएको थियो ।