सर्लाही क्षेत्र नम्बर ४ मा कँग्रेसका अमरेश कुमार सिंह विजयी

२६ मंसिर २०७४, मंगलवार ११:३९

मंसिर २६ ,सर्लाही ।
नेपाली काँग्रेसका उम्मेदवार अमरेश कुमार सिंह सर्लाही क्षेत्र नम्बर ४ मा विजयी भएका छन् ।

सिंहले २९६७१ मत प्राप्त गरेभने उनका प्रतिस्पर्धी राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार राकेशकुमार मिश्राले २८१३५ मत ल्याउन सफल भएका छन् ।