सरकारले तोक्यो ७ वटै प्रदेशमा प्रमुखहरु, (नाम लिष्ट सहित)

३ पुष २०७४, सोमबार ०४:१३

पुस ३, काठमाण्डौं । सरकारले प्रदेश प्रमुखको जिम्मेवारी तोकेको छ । आइतबार बसेको मन्त्री परिषद् बैठकले निजामती प्रसासनका वरिष्ठ अधिकारीहरुलाई प्रदेश प्रमुखको जिम्मेवारी दिएको हो ।

मन्त्री परिषद् बैठकले सिफरिस गरेकाहरुमा प्रदेश नम्बर १ मा पूर्वाञ्चल क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहलाई तोकिएको छ भने प्रदेश २ मा वरिष्ठ सहसचिव यादवप्रसाद कोइराला कायममुकायम सचिवको जिम्मेवारी दिंदै प्रदेश प्रमुख बनाइएको छ । त्यस्तै प्रदेश ३ मा मध्यमाञ्चल क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेलाई तोकिएको छ भने प्रदेश ४ मा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्याललाई जिम्मेवार दिइएको छ ।

प्रदेश ५ मा बैकुण्ठ अर्याललाई जिम्मेवारी दिंदै कायममुकायम सचिवमा बढुवा समेत गरेको छ । प्रदेश ६ मा सुरेश प्रधान प्रदेश प्रंमुख भएका छन् भने प्रदेश ७ मा लक्ष्मीराज पौडेललाई प्रमुख बनाइएको छ । संबिधानत निर्वाचित प्रतिनिधीहरुले प्रदेश प्रमुखसँग सपथ ग्रहण गर्नु पर्ने प्रावधान रहेको छ ।