समानुपातीक मतमा क्रमशः एमाले ,काँग्रेस र माओवादी

२४ मंसिर २०७४, आईतवार १२:४९

मंसिर २४, काठमाण्डौं ।

समानुपातिक मतगणना धमाधम भईरहेको निर्वाचन आयोगले जनाएको छ ।

 

आयोगका अनुसार समानुपातिकतर्फ दुई प्रमुख दलबीच कडा प्रतिस्पर्धा देखिएको छ । समानुपातिकतर्फ पनि एमालेले अगाडी नै रहेको छ । कूल एक करोड ५ लाख ८७ हजार ५२१ खसेको मतमा ३ लाख ३४ हजार ४ मतको गणनामा एमालेले सबैभन्दा बढी ३८.९ प्रतिशत मत प्राप्त गरेको छ भने नेपाली का‌ंग्रेसले भने ३७.७ प्रतिशत मत प्राप्त गरेको देखिन्छ ।  माओवादी तेस्रो स्थानमा रहेको छ उसको मत अनुपात निकै कम १६.५ प्रतिशतमात्रै छ । बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीले २.१ प्रतिशत मत प्राप्त गरेको छ ।समानुपातिकतर्फ एक सिटको लागी घटिमा३ प्रतिशत मत आवश्यक हुन्छ ।  जुन थ्रेसहोल्ड प्रणालीमा रहेको छ ।  अर्थात तीन प्रतिशत मत नकाट्ने दलले समानुपातिक सिट पाउन सक्दैनन् । नयाँ शक्तिपछि राप्रपा र त्यसपछि राजपा रहेको छ । विवेकशील साझा १८३८ मत मात्र ल्याउन सफल भएको छ ।