समानुपातिक अपडेट: एमाले अघिअघि, कांग्रेस पछिपछि

२८ मंसिर २०७४, बिहीबार ०३:०२

मंसिर २८, काठमाडौं । प्रदेश र प्रतिनिधिसभामा प्रत्यक्षतर्फको परिणाममा निकै पछाडि देखिएको कांग्रेसले समानुपातिकतर्फ भने एमालेलाई कडा टक्कर दिइरहेको छ ।

समानुपातिकको मतगणना भए देखि नै अगाडि रहेको एमाले अहिले पनि अगाडि नै छ भने कांग्रेस पछ्याइरहेको छ । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट बिहान ६ बजे प्राप्त जानकारी अनुसार नेकपा (एमाले) ले २५ लाख ५५ हजार ५४५ मत, नेपाली काँग्रेसले २४ लाख ५८ हजार ७१४, नेकपा (माओवादी केन्द्र) ले १० लाख चार हजार ८२८, संघीय समाजवादी फोरम नेपालले ३ लाख ४४ हजार २५९ मत प्राप्त गरेका छन् ।  राष्ट्रिय जनता पार्टी नेपालले दुई लाख ८४ हजार १३४, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ६७ हजार ५२५ र विवेकशील साझा पार्टीले एक लाख ६७ हजार १३२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।