समानुपातिकमा महिला बढी, प्रत्यक्षमा पुरुष

कात्तिक १९, काठमाडौँ । आगामी मंसिरमा हुन लागेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा समानुपातिकतर्फ महिलाको उम्मेदवारी बढी देखिएको छ ।

कानुनअनुसार समानुपातिकमा ५० प्रतिशत अनिवार्य महिला चाहिने भएकाले दलहरुले बाध्य भएर महिलाको नाम राखेका हुन् । निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीमा ३ हजार ६ सय ४३ जना महिलाको नाम समावेश भएको खबर आजको नागरिक दैनिकमा छ ।

त्यसैगरी २ हजार ८ सय ५१ जना पुरुषको नाम समानुपातिक बन्दसूचीमा राखिएको निर्वाचन आयोगले जनाएको छ । बन्दसूचीमा ५६ प्रतिशत महिलाको नाम समावेश गरिएको छ भने ४४ प्रतिशत पुरुषको नाम छ ।

तर प्रत्यक्षतर्फको उम्मेदवारी हेर्दा कानुनअनुसार महिलाको प्रतिशत पुर्याउन निकै कठिन पर्ने देखिन्छ ।


प्रकाशित | २०७४ कार्तिक १९ प्रकाशित ०२:५३

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ