समाज बदल्न मन्त्री, प्रधानमन्त्री होईन सामान्य मान्छे बन्नुपर्छ : कलाकार सिंम्खडा

२६ आश्विन २०७४, बिहीबार ०६:१०

आयोखबर

असोज २६, काठमाडौं । कलाकार श्रीकृष्ण सिंम्खडा समाज बदल्न सामान्य मान्छे बन्नुपर्छ मन्त्री, प्रधानमन्त्री त लोभी पापी र राजनीतिमा विकृति ल्याउने पद भएको भन्दै नेताहरुलाई सुझाएका छन् ।  उनले एक कार्यक्रममा सामाज बदल्नका लागि विचार बदल्न सक्नुपर्छ जीवनलाई सामान्य ठान्नुपर्छ ठूलो विलासीता लिन नहुने बताएका छन् । जब मान्छले विलासी चाहान्छ त्यस्ले कतै न कतै परिवार र समाजमा नकारात्मक असर पुु¥याएको दावी गरेका छन् ।

नेपाली कलाकारीता क्षेत्रमा लागेर मुलुकको परिवर्तनमा अहोरात्र खटिरहने कलाकार हुन श्रीकृष्ण सिंम्खडा । उनी आफ्नो छोरा–छोरी परिवारभन्दा नी माथी उठेर मुलुकका छोरा–छोरीको परिवर्तनका लागी लागि परेका व्यक्ति हुन ।  उनी सामान्य जीवनशैलीका एक कलाकार र सामाजिक अभियन्ता समेत हुन । परिवर्तन आफैबाट हुनुपर्छ भन्ने उनको मुलधार रहेको छ । कलाकार सिंम्खडा शान्ति प्रक्रियामा गरेका संकल्पले गर्दा प्रचण्डाका निकट विश्वासका पात्र बन्न पुगेका छन् । कलाकार सिंम्खडा अलि फरक र व्यक्तिगत जीवनको लोभमा नलागेको कुरा प्रचण्डाले बुझेका कारण लोभी पापीको भीडमा आफुलाई सरहना गरेका उनले बताए ।

अहिले कलाकार सिंम्खडा आफु संरक्षक समेत रहेको चक्रपथ सरसफाई अभियानमा लागेका छन् । सरा फोहोर सफा गर्न हिडेको कलाकारबारे हामी सबैले साथ दिनेछौं ।  सफाई अभियान हप्ताको प्रत्येक शनिबार विहान ७ बजेदेखि ९ बजेसम्म हुने गर्दछ । उक्त अभियानमा सामाजिक अभियन्ता, नागरिक अगुवा, पत्रकार, कलाकार, जनप्रतिनिधि सबैको साथ रहेको छ । समाज परिवर्तनमा एउटा समाजवादी विचार र दर्शन नै सिंम्खडाको ठूलो अस्त्र हो । समाज परिवर्तन गर्न सामान्य मान्छे हुनु जरुरी छ मन्त्री, प्रधानमन्त्री भन्ने त लोभी पापी हुन जसले राजनीतिमा विकृती ल्याउँने गर्दछ ।