सदस्य मनोनयनको विषयलाई लिएर साग तयारी समितिको बैठक स्थगित

२१ आश्विन २०७४, शनिबार ०४:०४

असोज २१, काठमाडौं । सदस्य मनोनयनको विषयलाई लिएर विवाद भएपछि करिब १५ महिनादेखि बस्न नसकेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) तयारी तथा व्यवस्थापन समितिको बैठक सोही विवादका कारण शुक्रबार पनि बस्न सकेन ।

युवा तथा खेलकुदमन्त्रीको अध्यक्षतामा गठित उक्त समितिको बैठक शुक्रबार बिहान ११ बजे मन्त्रालयमा बोलाइएको थियो । तर, सातजना सदस्य मनोनयनको विषयलाई लिएर पुनः समस्या देखिएपछि सदस्यहरुलाई शुक्रबार बिहानै ‘प्राविधिक कारण’ ले बैठक स्थगत भएको जानकारी गराइएको थियो ।

 

राजनीतिक आस्थाका आधारमा सदस्य मनोनयनको विषयलाई लिएर साग तयारी समितिको बैठकसम्म बस्न नसकेपछि १३ औं साग निर्धारित समयमै आयोजना हुने विषय थप अन्योलमा परेको छ ।