सञ्चारकर्मी डोमा सगरमाथा चुम्ने तयारीमा

१२ कार्तिक २०७४, आईतवार ०९:२४

कात्तिक १२, सोलुखुम्बु । सञ्चारकर्मी डोमा शेर्पा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको गर्ने तयारीमा लागेकी छिन् ।

आउँदो वर्षको वसन्त ऋतुमा सगरमाथा चुम्ने योजना बनाएको उनले बताएकी छिन् । ग्रीन लेक ट्रेक एण्ड एक्सपीडिसन नामक ट्रेकिङ कम्पनीबाट आरोहण गर्ने उनको भनाइ छ । आरोहणका लागि रु. ३९ लाख खर्च लाग्ने भएकाले खर्चको समेत व्यवस्था गर्न थालिएको र सहयोग समेत सङ्कलन गर्न थालिएको उनले बताइन् ।

स्थानीय सोलुदूधकुण्ड नगरपालिका–२ सालबँेसीमा जन्मनुभएकी डोमा अहिले पत्रकारिता विषयमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत छिन् । उनी भविष्यमा पत्रकारितासँगै महिला अधिकारको निम्ति सशक्त रूपमा अघि बढ्ने सोचमा रहेको समेत बताएकी छिन् ।