श्रीलंकाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजमा पाकिस्तानको जीत

श्रीलंकाविरुद्धको एक दिवसीय क्रिकेट सिरिज पाकिस्तानले जितेको छ ।

बुधबार राति दुबईमा भएको तेस्रो एकदिवसीयमा श्रीलंकालाई ७ विकेटले पराजित गर्दै पाकिस्तानले सिरिज आफ्नो बनाएको हो । आबुधाबीमा भएको तेस्रो खेल जिते संगै पाकिस्तानले ५ खेलको सिरिज दुई खेल अगावै जितेको हो । जितपछि पाकिस्तानले सिरिजमा ३ – ० को अग्रता समेत कायम गरेको छ ।

श्रीलंकाले दिएको २०८ रनको लक्ष्य पाकिस्तानले ४२ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । पाकिस्तानको जितमा इमाम उल हकले १०० रनको शतकीय पारी खेले । उनले १२५ बलमा ५ चौका र २ छक्का प्रहार गरे । यस्तै मोहमद हाफिजले अविजित ३४ तथा बाबर आजमले ३० रन जोडे ।

 

त्यसअघि शेख जायद स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४८ ओभर २ बलमा अलआउट हुँदै २०८ रन जोडेको थियो । श्रीलंकाका लागि कप्तान उपुल थरंगाले ६१ तथा थिसारा परेराले ३८ रन जोडे । पाकिस्तानका हसन अली एक्लैले ५ विकेट लिए भने शादब खानले २ विकेट लिए । एजेन्सी


प्रकाशित | २०७४ कार्तिक २ प्रकाशित ०४:५०

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ