शुभ दीपावली शुभ रहोस्

३१ आश्विन २०७४, मंगलवार ०७:४७

नेपालीहरु हिन्दू समुदायको दोस्रो महान पर्व तिहार अर्थात् दीपावली आजबाट शुभारम्भ भएको छ । तिहारको आज पहिलो दिन आज कागको पुजा गरि मनाईन्छ । यो चाड कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया (पाँच दिन) सम्म मनाईन्छ ।


कात्तिक १ गते बुधबार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक २ गते बिहीबार कार्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक ३ गते शुक्रबार कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, कृषक पूजा तथा नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११३८ र म्हपूजा अर्थात् आत्मपूजा एवम् कात्तिक ४ गते शनिबार कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ ।  यमराज पनि पाँच दिन आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ ।

 

दीपावलीमा सबैको घरआंगन सफाईका साथै विभिन्न फूलमालाले सजाईन्छ । तिहार रंगहरुको पर्व भएको कारण नेपालका पहाडी क्षेत्रबाट विभिन्न जातका फुलहरु विक्री गर्न शहर ल्याउने गर्दछन् । दाजुभाई र दिदीवाहिनीको सम्बन्ध सुमधुर बनाउन यस पर्वले मुख्या भूमिका खेल्दछ ।   चाडपर्व एउटा कला, संस्कृति र रितिरिवाजलाई स्मरण गर्ने माध्यम पनि हो । सबै नेपाली दाजुभाईले यस प्रकार पर्वहरुको संरक्षण सम्बद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउन आवश्यक देखिन्छ ।

पर्वको समयमा विभिन्न प्रकारको विकृति र विसंगती पनि भित्रिएको छ । आफ्नो क्षमताभदा बढि खर्च गर्ने र देखासीकी गर्ने अस्वास्थ प्रतिपर्धाका कारण विभिन्न दूर्घटनाहरु भइगरेका छन् । त्यस्ता विकृति न्यूणिकरण गर्न समाजमा जुवा तास, जाँडरक्सीलाई नियान्त्रण गर्न सम्बन्धित पक्षले विशेष जोड दिनु आवश्यक छ । चाँपर्वमा रमाईलोसंगै घरबाहिर निस्किदा आफ्नो घरको मालसामानको सुरक्षासम्बन्धि सोचविचार गरेर निस्किुनु होला बालबालिकालाई अति सम्बेदनशील पटुका जस्ता आगजानी बस्तुबाट टाँटा राख्नुहोला तपाईहरुको तिहार शुभ रहोस ।