शिवपुजन राय बामगठवन्धनबाट निर्वाचन लड्न नपाउने, उम्मेदवारी खारेज

११ मंसिर २०७४, सोमबार ०६:२५

मंसिर ११, काठमाण्डौ ।
निर्वाचन आउनु भन्दा ठीक १० दिन अघि निर्वाचन आयोगले एक जना उम्मेदवारको उम्मेदवारी खारेजी गरेको छ ।


वाम गठबन्धनका तर्फबाट सर्लाही ४ मा उम्मेदवार रहेका शिवपुजन राय यादवको उम्मेदवारी खारेजले जिल्लामामा तंरग सिर्जना  गरेको छ । चुनावको मुखैमा राजपाबाट माओवादी केन्द्र प्रवेश गरी सर्लाही ४ बाट उम्मेदवार बनेका यादवबिरुद्ध कुटनीतिक राहदानी दुरुपयोगमा अदालतले दोषी ठहर गरेको उजुरी थियो ।

लामो समयसम्म उजुरी बिरुद्ध चासो नलिएको निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको १० दिनअघि उम्मेदवारी खारेज गरेको हो । आयोगले शनिबार नै उजुरी खारेज गर्ने सम्वन्धी निर्णय गरे पनि सार्वजनिक गरेको थिएन् ।

आयोग स्रोतका अनुसार निर्णयबारे जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र सम्वन्धित उम्मेदवारलाई जानकारी दिने प्रक्रिया भने सुरु भइसकेको बुझिएको छ । सामान्यतया दाबी विरोधको उजुरी जिल्ला तहबाटै निर्णय गर्ने यसअघिको प्रचलन भए पनि जोशी र यादवको उजुरी केन्द्रमै तानिएको थियो । सर्वोच्च अदालतले पनि उनको योग्यतामा परेको रिटमा कारण देखाउ आदेश जारी गरेको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा १३ (घ) अनुसार यादवको उम्मेदवारी रद्द गरिएको हो ।

तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबाट सभासद् हुँदा यादवमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी दुरुपयोगको मुद्दा चलाएको थियो । आरोप लागेका पाँचमध्ये तीन जनालाई विशेषले दोषी ठहर गरेको थियो । गायत्री साह, विश्वनाथ यादवसँगै शिवपुजन पनि दोषी ठहरिएका थिए ।