शिखरआम्बोटेबासी भन्छन्, सम्झौता सहितको विकास ल्याउँने उम्मेद्वारलाई भोट दिने

६ मंसिर २०७४, बुधबार १५:१४

भीम लामा

मंसिर ६, काभ्रे । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा उम्मेद्वारहरु मत माग्न घरदैलो अभियानमा लागेका छन् । निर्वाचनको महोल जति नेता र उम्मेद्वारलाई लागेको छ, काभ्रेका मतदाताहरुमा भने त्यति चासो नभएको देखिन्छ ।


पटक पटक चुनाव हुन्छ नेताहरु आएर विभिन्न आश्वासन मात्र दिन्छन् विकास निर्माणको काम भने शून्य हुने गरेकाले रोशी गाउँपालिका वडा नं. ३, साविकको गाविस शिखरआम्बोटेका जनताहरु सजग भएका छन् । यसपटक जसले बाटो निर्माण गर्ने योजनासहित हस्ताक्षर गर्छ, त्यस उम्मेद्वार भोट दिने त्यहाँका जनताहरु बताउँछन् ।  शिखरआम्बोटेका जनताहरु राजनीतिकमा त्यति खसै ध्यान नदिएको र इमान्दार भएर भोट दिदैँ आइरहेको बताउँदै स्थानीयहरु अब भने विकासका लागि प्रतिवद्धता सहित हस्ताक्षर गर्ने उम्मेद्वारलाई जिताउने अभियानमा लागेका छन् । शिखर मोटरबाटोलाई फराकिलो र दिर्घाकालीन बनाउनु पर्ने देखिएपछि त्यहाँको जनताको पहिलो रोजाई नै बाटो निर्माण रहेको छ ।


त्यस्तै शिखर, किम्बे ,  मझुवा हुदै भण्डारे निंगाले जोड्ने बाटो र मसराङ्गी सम्मको बाटो निर्माण गर्न सम्झौता गर्ने उम्मेद्वारलाई एकमुष्ठ भोट दिने त्यहाँका बुद्धिजीवीहरु बताउँछन् । अब हामी यतिकै सोझो भएर बसियौ भने यहाँको विकास कहिल्यै नहुने र कुनै दल र प्रतिनिधिको नजर पनि पर्ने छैन त्यसैले बेलैमा सचेत हुनुपर्ने बताएका छन् । १७ सयको हराहरीमा मतदाता रहेको उक्त वडालाई समृद्ध विकास गर्न इच्छुक जनताहरु विकास निर्माणमा सम्बन्धित निकायको कुनै चासो नभएको बताउँदै आएको छ ।

 

विकास निर्माणका काम आए पनि केही सिमित टाठाबाठा व्यक्तिले थाहा पाउँने र अन्य गाउँललाई जानकारी नदिई एकलौटी ढंगाले काम गर्दै आइरहेको स्थानीयहरुको आरोप छ । विभिन्न कार्यक्रमहरु आएपनि स्थानीयहरुको सहभागीता नभएपछि कामकारबाहीमा पारदर्शी नभएको र खानेपानी, बाटो मर्मत तथा अन्य विकासका काम समेत ओझेल परेको बताउँछन् । राजनीतिक पार्टीभन्दा विकासप्रेमी उम्मेद्वारीको पखाईमा रहेका स्थानीयहरु भदौरे हुदै छाप, भन्ज्याङ, साँझाकोट र निंगाले जोड्ने मोटरबाटो व्यवस्थित गर्न हस्ताक्षरसहित सम्झौता गर्ने जो कही उम्मेद्वारलाई भोट हाल्ने उनीहरु बताउँछन् ।