शान्तिपूर्ण र निष्पक्ष रुपले निर्वाचन सम्पन्न हुन्छ –अर्थमन्त्री कार्की

२७ कार्तिक २०७४, सोमबार ०४:५३

कात्तिक २७ काठमाडौं । नेपाली काँग्रेसका नेता तथा अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले पहिलो र दोस्रो चरणमा हुने प्रदेश तथा प्रतिनीधिसभाको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र रुपले सम्पन्न हुने बताएको छ ।

सुनसरीको रामधुनी नगरपालिकामा आइतबारदेखि शुरु भएको प्रथम रामधुनी गोल्डकप नकआउट फुटबल प्रतियोगितामा शुभकामना दिदै मन्त्री कार्कीले सो कुरा बताएको हो ।
उनले निर्वाचन सम्पन्न गराएपछि देशलाई शान्ति सुव्यवस्था तथा राजनीतिक स्थिरतातर्फ चाँडै अगाडि बढाउने बताए ।

सुनसरी क्षेत्र नं ४ का प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका अर्थमन्त्री कार्कीले आफूलाई निर्वाचित गराएको खण्डमा यहाँ एउटा ठूलो राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।