विश्व सुन्दरी प्रतियोगिताको टप–३० मा पुगेर नेपाली सुन्दरी निकिता बाहिरिए

३ मंसिर २०७४, आईतवार ००:३८

मंसिर ३, काठमाडौं– चीनको सान्यामा जारी विश्व सुन्दरी प्रतियोगिताको टप–३० मा पुगेर नेपाली सुन्दरी निकिता चन्दक बाहिरिएकी छिन्।

‘मिस वर्ल्ड–२०१७’ प्रतियोगितामा उनी अन्तिम ४० मा छानिएकी थिइन्। अन्तिम १५ को सूची छानिँदा उनी बाहिरिन पुगिन्।  निकिता ‘हेड टु हेड च्यालेन्ज’ मा समूह विजेता भएपछि उनी अन्तिम ३० को सूचीमा पर्न सफल भएकी हुन्।

निकिताले ‘पिपल च्वाइस अवार्ड’ को उपाधि जित्ने आशा गरिए पनि अन्तिम समय असफल भइन्। उनलाई ‘मिस मंगोलिया’ ले उछिन्दै उपाधिमा कब्जा जमाएकी हुन्।