विप्लवको निशानामा माओवादी नेताहरु, चुनाव खारेजीको माग

२६ कार्तिक २०७४, आईतवार ०३:१५

कात्तिक २६, काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन नजिकिँदै गर्दा बम आतंक मच्चाएको छ ।

 

प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा विप्लव नेतृत्वको पार्टीले जनयुद्धका क्रममा संगै रहेको पार्टी र हाल माओवादी केन्द्रका नेताहरुलाई निशाना बनाएको छ ।  शनिबार रोल्पाको माडी गाउँपालिका १ भिट्टाबाङमा माओवादी नेचा बर्षमान पुन चढेको गाडीमा माइन विस्फोट भएको थियो ।  शुक्रबार रुकुममा जनार्दन शर्मालाई लक्षित गरेर बम प्रहार भएको थियो ।

 

पार्टीले रुकुममा शर्मा र रोल्पामा पुनमाथि आक्रमण गर्न खोजेको हो भन्ने जिज्ञाशामा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले भने, हाम्रो पार्टीको नीति चुनाव खारेज हो । त्यसका लागि जनप्रतिरोध अभियान चलाइरहेका र
आक्रमणको विषयमा हामीले बुझिरहेका छौं ।’(नेपाल समाचारपत्र दैनिकबाट