विप्लवका दुई सय कार्यकर्ता पक्राउ: उपत्यकामा उच्च सतर्कता

मंसिर २, काठमाडौं । निर्वाचनक कार्यक्रम सुरु भएयता नेपाल कम्युनिस्ट पार्टी (विप्लव समुह) का एक सय ८९ नेता कार्यकर्ता पक्राउ परेका छन् । आजको अन्नपूर्ण पोस्टमा यो खबर छ ।

निर्वाचनविरोधी गतिविधिमा संलग्न भई शान्ति सुरक्षामा खलल पुर्याउने नेकपाका कार्यकर्तालाई पक्राउ गरी अधिकांशलाई मुद्धा चलाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता मनोज न्यौपानेले जानकारी दिए ।

उनका अनुसार कार्तिक ९ गतेयता दाङबाट २०, कास्कीबाट १८, रुकुमबाट १७, बर्दियाबाट नौ, गोरखा, पाँचथर, ताप्लेजुङबाट आठ आठ र बैतडीबाट पाँच जना पक्राउ परेका छन् ।

उपत्यकामा उच्च सतर्कता
काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाइएको छ । उपत्यका आसपासका क्षेत्रमा समेत आक्रमणका घटना बढेकाले सुरक्षा चुनौती बढेको छ ।


प्रकाशित | २०७४ मंसिर २ प्रकाशित ०४:५९

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ