विकास र रुपान्तरित संविधानको पूर्ण कार्यान्वयन गर्न काँग्रेसलाई मतदान गर्नुहोस्– पूर्व सांसद तिर्थ लामा

१७ मंसिर २०७४, आईतवार ०६:५८

मंसिर १७, काभ्रे । नेपाली काँग्रेस काभ्रे क्षेत्र नं. १ प्रतिनिधिसभा सददस्यतर्फको उम्मेद्वार तिर्थ लामाले विकास र रुपान्तरित संविधानको पूर्ण कार्यान्वयन गराउन काँग्रेसलाई मतदान गर्नुपर्ने बताए । शनिवार भएको चुनावी सभामा बोल्दै उनले संविधानमा लेखिएका मौलिक अधिकारहरुलाई जनताले सहजै उपयोग गर्न पाउने वातावरण निर्माण गर्न आफ्नो जीत आवश्यक रहेको   बताए । । बृहत आमसभामा नेपाली कांग्रेसको पक्षमा जनलहर उर्लिएपछि चुनाव काँग्रेसको पक्षमा देखिएको काँग्रेस नेताहरु बताउँछन् ।

सो कार्यक्रमा करिब ७०० जना भन्दा बढि कार्यकता तथा सार्वसाधारण विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका थिए ।  नव प्रवेशीहरुलाई क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार तिर्थ लामा र प्रदेश सभाका उम्मेदवारद्धय गणेश लामा र सीबी लामाले स्वागत गरेका थिए । नव प्रवेशीको कारण काग्रेस थप बलियो बनेको उल्लेख गर्दै क्षेत्र नम्बर १ मा कांग्रेसको जित सुनिश्चित भएको उम्मेदवार तिर्थ लामा बताए ।

पूर्व संसाद समेत रहेको लामाले विकास र समस्याको चुनौतिबारे आफू जानकार रहेकोे बताउँदै आफ्नो निर्वाचन क्षेत्रको विकास र परिवर्तनका लागि सधै लागि रहने बताए । उनले भने–‘ यस भेगको आर्थिक समृद्धिको लागि युवालाई रोजगारीको वातावरण सिर्जना गर्ने, प्रत्येक गाउँमा मोटरबाटो निर्माण गर्ने, खाली जमिनको परिक्षण तथा वैज्ञानिक रुपमा कृषिलाई आधुनिकीकरण गर्दै उत्पादन क्षमतामा वृद्धि गराउने कार्यक्रम ल्याउन प्रतिवद्धता छु, ।’ उनले विकास निर्माणको काम मात्र नभई वर्तमान संविधानमा उल्लेखित अधिकारहरुलाई जनतामाझ प्रत्यभूति गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।