वासिङटनको राजमार्गमा रेलको डिब्बा खस्दा कम्तीमा ६ को मृत्यु, सयौँ घाइते

पुस ४, काठमाडौं । अमेरिकाको वासिङ्टनमा रेलको डिब्बा राजमार्गमा खस्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १०० भन्दा बढी घाइते भएका छन् ।

राजमार्गमाथि रहेको रेलमार्गमा गुडिरहेको रेलको डिब्बा लिकबाट फुत्किएर तल रहेको आई–५ राजमार्गमा खस्दा दुर्घटना भएको हो ।   त्यहाँका सरकारी अधिकारीले ६ जनाको ज्यान गएको बताएपनि ज्यान गुमाउनेको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।  घाइते तथा ज्यान गुमाउनेको यकिन विवरण अहिलेसम्म नआएको वासिङ्टन प्रहरीले जनाएको छ ।

 

रेलका कम्तीमा चारओटा डिब्बा तल राजमार्गमा खसेकोजस्तो घटनापछिको तस्वीरबाट अनुमान लगाउन सकिने अमेरिकी सन्चारमाध्यमले जनाएका छन् । ज्यान गुमाउने सबैजसो रेलमा रहेका यात्री हुन् ।  तर, तल सडकमा रहेका कसैलाई केही नभएको सरकारी अधिकारीले बताएका छन् । दुर्घटनाको कारण थाहा नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  रेलको डिब्बा राजमार्गमा खस्दा यातायात प्रभावित भएको छ । (एजेन्सी)


प्रकाशित | २०७४ पुष ४ प्रकाशित ०२:२७

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ