वाम गठबन्धनको अग्रता कायमै

२३ मंसिर २०७४, शनिबार ०२:०७

मंसिर २३, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवदी) केन्द्र सम्लिित वाम गठबन्धनले अग्रता लिएको छ । पहिलो चरणको निर्वाचन भएको ३२ जिल्लाको ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिकांश क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएको हो ।

शुक्रबार ३७ क्षेत्रमध्ये ७ वटा निर्वाचन क्षेत्रमा ५ र १ क्षेत्रमा काँग्रेस उम्मेद्वार विजयी भएका छन् । काँग्रेसले भने ३७ क्षेत्रमध्ये २ क्षेत्रमा मात्र अग्रता लिएको छ । वाम गठबन्धनको तुलनामा सुरुआती मतपरिणामअनुसार सत्तारुढ दल काँग्रेस निकै पछाडी रहेको छ । दोस्रो चरणको ४५ जिल्लाको १ सय २८ निर्वाचन क्षेत्रमा पनि वाम गठबन्धन नै अग्रता लिएको छ ।

अधिकांश क्षेत्रमा वाम गठबन्धनले शुरुअमतदेखि नै अग्रता कायमै राखेको छ । निकै महत्वका साथ हेरिएको गोरखा जिल्लाको क्षेत्र नं. २ मा लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार डा. बाबुराम भट्टराईले अग्रता लिएका छन् भने नारायणकाजी श्रेष्ठ २ हजार मत अन्तरले पछाडी छन् । त्यसै गरी सिन्धुपाल्चोकको १ नम्बर निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेद्वार अग्नी सापकोटाले अग्रता लिएका छन् भने नेपाली काँग्रेसका मोहनबहादुर बस्नेत पििछ परेका छन् ।

त्यसै गरी ललितपुरमा पनि वाम गठबन्धनका उम्मेद्वारहरुले शुरुआती अग्रता लिएका छन् । ललितपुर–३ मा वाम गठबन्धनका उम्मेद्वार पम्फा भुसालले काँग्रेसका उम्मेद्वार मदन अमात्यलाई पछि पार्दै अग्रता लिएकी छन् । ललितपुर १ मा उदयशमसेर राणालाई पछि पार्दै एमालेका उम्मेद्वार नवराज सिलवालले अग्रता लिएको छ ।

काठमाडौंका १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाको निर्वाचनतर्फको प्रारम्भिक मतगणनामा वाम गठबन्धनले अग्रता लिएको छ । केही क्षेत्रमा भने नेपाली काँग्रेसले समेत अग्रता लिएको छ । काठमाडौं क्षेत्र नं. १ मा नेपाली काँग्रसका प्रकाशमान सिंह र विवेकशिल साझा पार्टीका रविन्द्र मिश्रविच कडा प्रतिस्पर्धा देखिएको छ । काठमाडौं क्षेत्र नं. २ मा वाम गठबन्धनका उम्मेद्वार माधव नेपाल फराकिलो मतअन्तरले अगाडी रहेका छन् । नेपालीका काँग्रसका दीपक कुईकेल पछाडि रहेको छ ।

काठमाडौं निर्वाचन क्षेत्र ३ मा वाम गठबन्धनका उम्मेद्वार कृष्णबहादुर राईले अग्रता लिएको छ । काठमाडौं क्षेत्र नं. ४ मा नेपाली काँग्रसका उम्मेद्वार गगन थापा अगाडी रहेको छ । तर थापा र वाम गठबन्धनका उम्मेद्वार डा. राजन भट्टराई बीच कडा प्रतिस्पर्धा देखिएको छ ।
काठमाडौं ५ मा एमालेका महासचिव ईश्वार पोखरेल नेपाली काँग्रेसका प्रकाशशरण महतलाई पछि पादै अग्रता लिएको छ । काठमाडौं क्षेत्र नं. ६ मा नेपाली काँग्रसका नेता भीमसेनदास प्रधानलाई पछि पार्दै माओवादीका झक्कु सुवेदीले अग्रता लिएको छ ।

काठमाडौं क्षेत्र नं. ७ मा एमालेका उम्मेद्वार रामवीर मानन्धरले अग्रता लिएको छ भने काठमाडौं क्षेत्र नं. ८मा एमालेका जीवनराम श्रेष्ठले अग्रता लिएको छ । त्यस्तै काठमाडौं ९ मा एमालेका उम्मेद्वार कृष्णगोपाल श्रेष्ठले सुरुआतीदेखि नै अग्रता लिएको छ । काँग्रेसका उम्मेद्वार ध्यानगोविन्द रञ्जित पछाडि रहेको छ । काठमाडौं १० मा भने नेपाली काँग्रसका उम्मेद्वार राजन केसीले अग्रता लिएको छ । माओवादी केन्द्रका उममेद्वार हितमान शाक्य पछि परेका छन् । –गोरखापत्र दैनिक