लोकतान्त्रिक गठबन्धनमा बस्ने इच्छा छैंन: यादव

३० आश्विन २०७४, सोमबार ०८:३५

३० असोज, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेसको नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा बस्ने आप्नो इच्छा नरहेको बताएको छ ।

विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले गठबन्धनसँग आपसी समझदारीमा सिटको तालमेल हुने सम्भावना भने रहेको स्पष्ट पारे ।

यादवले आफ्नो दलले मधेशको दुई तिहाइ सिटमा जित हासिल गर्ने दाबी गर्दैे प्रदेश नं २ मा सरकार बनाउने दाबी गरे । फोरमका अध्यक्ष यादवले आफू मोरङ वा अन्य कुन जिल्लाबाट चुनावमा उठ्ने विषयमा निर्णय नगरेको र केही दिनमै निर्णय गरिने जानकारी गराए ।