लोकतन्त्र, राष्ट्रवादी र प्रगतिशील दललाई समेट्ने काँग्रेसको निर्णय

१९ आश्विन २०७४, बिहीबार १४:०४

काठमाडौँ, १९ असोज । आगामी निर्वाचनका लागि प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले चुनावी गठबन्धनमा लोकतन्त्र, परिवर्तन पक्षधर, राष्ट्रवादी र प्रगतिशील सबै दललाई वृहतलोकतान्त्रिक मोर्चामा एकताबद्ध गर्ने निर्णय गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बालुवाटारमा बसेको बैठकमा समसामयिक राजनीतिक विषय र आगामी निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्ने सम्बन्धमा छलफल भएको नेता एनपी साउदले जानकारी दिनुभयो ।

बैठकले असोज २० गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकका कार्यसूचीसमेत तय गर्नुका साथै निर्वाचनमा अन्य दलसँग चुनावी मोर्चा बनाउने सम्बन्धमा निर्णय गरेको नेता साउदले बताउनुभयो ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत नेताको सहभागिता थियो ।