लिम्बूका परिवारलाई कतारबाट आर्थिक सहयोग

२७ कार्तिक २०७४, सोमबार ०५:२८

कात्तिक २७, काठमाडौं । एक महिनाअघि कतारमा बिल्डिङबाट झरेर मृत्यु भएका उर्लाबारी–९ दुर्गापुरीका २१ वर्षीय दीपक लिम्बू (मादेन) को परिवारलाई कतारमा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् ।

कर्मशील युवा मोरङ युवा बचत समूह कतारले मादेनको परिवारलाई लिम्बूको घरमा एक कार्यक्रमबीच रु एक लाख ३९ हजार ५५७ सहयोग गरेको हो । कतारबाट पठाइएको उक्त रकम उर्लाबारी–९ का वडाध्यक्ष बमबहादुर शर्मा, समाजसेवी तेजन खड्का लगायतका छरछिमेकले संयुक्त रुपमा दीपकको आमा चन्द्रकला र बुबा कैलाशलाई हस्तान्तरण ग¥यो ।