लिडर वायर्न म्युनिखको सहज जित

१२ कार्तिक २०७४, आईतवार ०३:४४

कात्तिक १२, काठमाडौं । जर्मन बुन्डेस लिगा फुटबलमा लिग लिडर वायर्न म्युनिखले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा वायर्नले १० खेलाडीमा सिमित लेपजिङलाई २ – ० ले पराजित गरेको हो ।  घरेलु मैदानमा भएको खेलमा वायर्नलाई जित दिलाउन जेम्स रोड्रीगेज र रोबर्टो लेवान्डोस्कीले समान एक एक गोल गरे । जितसँगै वायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमण्डमाथि ३ अंकको अग्रता बनाएको छ । वायर्नको १० खेलबाट २३ अंक छ भने डर्टमण्डको २० अंक छ । तेस्रो स्थानमा रहेको लेपजिङको १९ अंक छ ।

 

एलिनाज एरिनामा पहिलो हाफको १३ औं मिनेटमा नै लेपजिङ १० खेलाडीमा समेटिएको थियो । विल ओर्बनले रातो कार्ड पाएर मैदानबाट बाहिरिएपनि पहिलो हाफमै लेपजिङ १० खेलाडीमा समेटिएको थियो ।  लेपजिङ १० खेलाडीमा समेटिएपछि त्यसको फाइदा घरेलु टोलि वायर्नले लियो । खेलको १३ औं मिनेटमा रोड्रीगेजले गोल गर्दै वायर्नलाई सुरुवाती अग्रता दिलाए । खेलको ३८ औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि पहिलो हाफमा वायर्न २ – ० ले अघि रहयो । दोस्रो हाफमा लेपजिङ खेलमा फर्कन सकेन र खेल वायर्नले २ – ० ले आफ्नो बनायो ।

जर्मन बुन्डेस लिगा अन्तर्गत नै शनिबार राति दोस्रो स्थानको डर्टमण्ड पराजित भएको छ । डर्टमण्डलाई हनोबरले ४ – २ ले पराजित गरेको हो । यस्तै हेर्थ बर्लीनले हम्बार्गरलाई २ – १ ले पराजित गर्दा साल्के वुल्फवर्गसँग १ – १ गोलको बराबरीमा रोकिएको छ । एजेन्सी