लामो यौनांग भएको पुरुषलाई अपांगताको प्रमाणपत्र

१२ पुष २०७४, बुधबार १०:००

पुस १२, काठमाडौं । (तस्बिर- उनको फेसबुकबाट)

हाल सालटिल्लो, मेक्सिकोमा बस्दै आएका रोबर्टाे स्कीइभेल क्यबरिराको आधा मिटर जति लामो लिंग भएकै कारण अपांगताको प्रमाणपत्र पाएका छन् । उनी विश्वमा सबैभन्दा लामो लिंग भएका पुरुष हुन्, जसको यौनांग झण्डै आधा मिटर लामो छ ।

त्यो भिमकाय लिंगको कारण उनको यौनजीवन मात्र होइन सामान्य दैनिकी समेत कष्टप्रद बनिरहेको छ । तर उनी शल्यक्रिया गरेर लिंगको उपचार गरी साइज घटाउन चाहँदैनन् । लिंगको साइज घटाउनु भन्दा बरु पोर्न स्टार बन्ने चाहना उनको छ । मेक्सिकोमा बस्दै आएका ५४ वर्षका रोबर्टोको लिंग १८।९ इन्च लामो हुनुका साथै ९ सय ग्राम तौलको छ । डाक्टरहरुले उनको लिंगको साइज घटाउन र सामान्य रुपमा यौन सम्पर्क गर्नसक्ने हुनका लागि सर्जरी अनिवार्य रहेको बताएका छन् । तर उनलाई यो मन्जुर छैन । उनी भन्छन्, ‘म यहीँ लिंगकै कारण दुनियामा चर्चित छु । म मेरो यौनांगबाट खुसी छु, किनकि मेरोजत्रो दुनियामा कसैको छैन ।’

उनको असामान्य यौनांगकै कारण उनले यौन सम्पर्क गर्न पाएका छैनन् । उनी भन्छन्, ‘यो यति मोटो छ की मैले कहिल्यै छिराउन सक्ने कुरै भएन ।’ यद्यपि उनले दुईपटक सेक्सको प्रयास गरेका रहेछन् । उनले पहिलोपटक यौनकार्यको प्रयास गरेकी महिलाले उनको लिंग देख्ने बित्तिकै डराएर भागेकी रहेछिन् । दोश्रो महिलाले भने यौन सम्पर्क सुरु गर्दैमा निकै पीडा भएपछि रोक्न बाध्य पारिन् ।

उनलाई एउटा पोर्न कम्पनीले उनको लिंगको शल्यक्रिया गरेर साइज घटाउनका लागि आर्थिक सहयोग गर्ने बचन दिएको थियो । तर लिंगको साइज घटाउनुको साटो आफूले आफूसँग यौन सम्पर्क गर्नसक्ने महिला खोजिरहेको उनले बताए । बरु आफुलाई पोर्न स्टारको रुपमा काम दिन उनले उक्त पोर्न कम्पनीसँग आग्रह गरे । उनको त्यो भिमकाय लिंगले धेरै स्वास्थ्य समस्या पनि निम्त्याएको छ र रातको समयमा सुत्नका लागि उनको लिंगलाई छुट्टै सिरानीको आवश्यकता पर्दछ । दुनियाकै लामो लिंग भएका रोबोर्टोलाई मेक्सिकोको सरकारी निकायले हालै अपांगताको प्रमाणपत्र प्रदान गरेको छ । जस अनुसार उनले अन्य अपांग सरह सुविधा प्राप्त गर्नेछन् । हाल उनको फेसबुक फलोअर्सको संख्या ३,५४१ (तिन हजार पाँच सय एक चालिस) रहेका छन् ।

दुनियाकै लामो लिंगधारीको रुपमा गिनिज बुकमा नाम लेखाउने धोको रोबर्टोको छ । तर गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले आफूलाई चिन्दै नचिनेको उनको गुनासो छ । आफू अब यहीँ लिंगका साथ बाँकी जीवन अमेरिकामा गएर बिताउन चाहेको उनी बताउँछन् । अमेरिकामा धेरै महिला रहेको र ती मध्ये एकजना त पक्कै आफुसँग साइज मिल्ने उनको विश्वास छ ।