लाक्ष्मीपूजामा बालेको मैनबत्तीबाट रू छ लाख बराबरको क्षति

३ कार्तिक २०७४, शुक्रबार ०७:१०

३ कात्तिक, काठमाडौं । लाक्ष्मीपूजामा बालेको मैनबत्तीबाट आगलागि हुँदा सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका – ७ सानुसिरुवारीको मगुवामा एक पसलमा ध्वस्त हुँदा छ लाख बराबरको क्षति भएको छ ।

पसल रहेको घरमा हिजो बेलुका दीपाबली गरी अर्को घरमा खाना खान गएको समयमा पसलमा रहेका लत्ता कपडा, सामान तथा नगद रू दुई लाख ५० हजारसहित करिब रू ६ लाख बराबरको सामान जलेर नस्ट भएको पीडित संगम थापामगरले बताएका छन् ।

ऋण गरेर बनाएको टहरासहित सम्पूर्ण सामान ध्वस्त हुनुका साथै ग्यास सिलिण्डरसमेत विष्फोट भएका थिए ।