लहानको प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी

७ आश्विन २०७४, शनिबार ०७:४९

काठमाडौं, असोज ७ । प्रदेश न. २ अन्तर्गत १३६ स्थानिय तहको निर्वाचनको मत परिणम आउने क्रम जारी छ । अहिले प्रप्त भएको परिणम अनुसार लहान नगरपालिकाको प्रमुख र उपप्रमुखमा दुवैमा नेकपा (एमाले) विजयी भएको छ ।

प्रमुखमा मुनी साहले ११ हजार ३०७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका अचमितलाल चौधरीले ९ हजार १३८ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उप–प्रमुखमा पनि एमालेकै सरियारकुमारी चौधरीले ११ हजार १६८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पुनम चौधरीले ९ हजार ९०६ मत प्राप्त गर्नुभएको छ ।

२४ वडा रहेको लहान नगरपालिकाअन्तर्गत नेपाली काँग्रेसले ९, नेकपा एमाले ९, संघीय समाजवादी फोरमले चार र माओवादी केन्द्रले दुई स्थानमा विजय हासिल गरेका छन् ।