‘लप्पन छप्पन २’ चैत २७ गते देखि रिलिज हुँदैछ

काठमाडौं । मुकुन्द भट्ट निर्माण तथा निर्देशित फिल्म ‘लप्पन छप्पन २’ को नयाँ रिलिज मिति सहितको दोस्रो टिजर सार्वजनिक गरिएको छ ।

फिल्म चैत २७ गते देखि रिलिज हुँदैछ । निर्माण टिमले अभिनेता सौगात मल्ललाई पहिलो पटक टिजर मार्फत सुपरस्टारको ट्याग दिएका छन् ।

टिजरमा सौगात मल्ललाई मात्र स्थान दिइएको छ ।

एक्सन ड्रामा फिल्ममा सौगातसँगै शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना लगायतका कलाकारको अभिनय छ ।

खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको फिल्मको पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेको छ ।

सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको फिल्ममा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्माताको रुपमा छन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।


प्रकाशित | २०७७ माघ २७ प्रकाशित १२:४२

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ