रोहिंग्या ’bout विश्वभर भएको आलोचना’bout सरकार डराउदैन : नेतृ सुकी

असोज ३, काठमाडौं । म्यानमारकी नेतृ आङ साङ सुकीले रोहिन्ग्या मुसलमानमाथि भएको ज्यादती’bout अन्तर्राष्ट्रियस्तरबाट भइरहेको आलोचनाबाट आफ्नो सरकार नडराउने बताएकी छन् ।

 

रोहिन्ग्या मुसलमानले म्यानमार किन छोडिरहेका छन् भन्ने आफूलाई थाहा नभएको टिप्पणी पनि उनले गरेकी छिन् ।  रोहिन्ग्या मुसलमानमाथि भइरहेको ज्यादतीले उग्र रुप लिएको र यस’bout केही नबोलेकोमा विश्व समुदायबाट आलोचना भइरहेका बेला नेतृ सुकीले यस्तो भनाइ आएको हो ।  रोहिन्ग्या समस्याका ’boutमा मंगलबार पहिलो पटक बोल्दै सुकीले मुसलमानले म्यानमार किन छोडिरहेका छन् भन्ने थाहा पाउन रोहिन्ग्या मुलमानसँगै भेटेर कुरा गर्न मन लागेको बताइन् ।

 

म्यानमारको रखाइन प्रान्तमा रहेका रोहिन्ग्या मुसलमानमाथि गत अगस्ट २५ देखि ज्यादति सुरु भएको थियो ।   त्यसयता त्यहाँबाट चार लाखभन्दा बढी रोहिंग्या मुस्लिम विस्थापित भएका छन् । उनीहरुले बंगलादेशमा शरण लिइरहेका छन् ।  नेतृ सुकीले धेरैजसो मुसलमानले रखाइन नछोडेको र हिंसा अन्त्य भइसकेको दावी पनि गरेकी छिन् ।   उनले रखाइन हिंसामा जिम्मेवारलाई कारवाही गरिने आश्वासन पनि दिइन् ।  उनले रखाइनमा आएर अवलोकन गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह पनि गरेकी छिन् । (एजेन्सी)


प्रकाशित | २०७४ आश्विन ३ प्रकाशित ०९:३५

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ