राहत वितरणको क्रममा भागदौड मच्चिंदा मोरक्कोमा १५ जनाको मृत्यु, ४० बढी घाईते

४ मंसिर २०७४, सोमबार ०२:०१

मंसिर ४, काठमाडौं । मोरक्कोमा राहतमा आएको खाद्यान्न सामग्री वितरण भइरहेको ठाउँमा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ ।


घटनामा ४० जना भन्दा बढी घाइते भएका छन् । एसुएरा प्रान्तको सिदी बोउलालम शहरमा घटना भएको हो ।

स्थानीय निजी सहयोगी संस्थाले राहत सामग्री बाँडिरहेका बेला भागदौड मच्चिएको हो ।

ज्यान गुमाउने तथा घाइते हुनेमा धेरैजसो महिला र बृद्धबृद्धा रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भागदौड मच्चिनुको कारण भने खुलेको छैन ।(एजेन्सी)