राहतको माग गर्दै बाढीपीडितले प्रजिअ र प्रहरी प्रमुखको गाडीमाथि ढुंगा प्रहार

१ कार्तिक २०७४, बुधबार १४:५५

कात्तिक १, रौतहट। रौतहटको देवाही–गोनाही नगरपालिकामा राहतको माग गर्दै बाढीपीडितले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको गाडीमाथि बुधबार ढुंगा प्रहार गरका छन् ।

 

स्थानीयको ढुुंगा प्रहारबाट प्रजिअ चढ्ने गाडीको सिसा फुुटेको छ । स्थानीयको नियन्त्रणमा रहेका सो नगरपालिकाका कार्यकारी अधिकृत मनोज झालाई उद्धार गर्नेक्रममा प्रहरीसँग केहीबेर झडप भएको थियो ।  झडपमा परी सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक र नेपाल प्रहरीका एकजना जवान घाइते भएका छन् ।  गत साउनमा आएको बाढीबाट पीडित देवाही–गोनाही–३ र ४ का २१८ जनालाई राहत वितरण गर्न बुधबार कार्यकारी अधिकृत नगरपालिकाको कार्यालय पुगेका थिए ।

 

सोहीक्रममा स्थानीयले बाढीपीडितको सूचीमा आफूहरुको नाम छुुटाएको भन्दै कार्यकारी अधिकृत झालाई नियन्त्रणमा लिएका थिए ।  कार्यकारी अधिकृत झालाई स्थानीयले नियन्त्रणमा लिएको सूचना पाएलगत्तै जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रजिअ उद्धवबहादुुर थापा, प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेल, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक प्रेमराज पोखरेल, राष्ट्रिय अनुुसन्धान विभागका प्रहरी उपरीक्षक नवीनराज अधिकारी र देवाही–गोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्र पटेल घटनास्थल पुुगेका थिए ।

 

देवाही–गोनाही वडा नम्बर–३ र ४ का स्थानीयको गुनासा सुनेपछि प्रजिअ थापासहितको टोली र सम्बन्धित वडाका वडाध्यक्षले तत्काल बैठक बसेर २१८ जनालाई राहत बाँड्ने, छुुटेकाको पुुनः छानबिन गरी सिफारिस गर्ने र गलत सिफारिस भएको देखिएमा दोषी ठहर हुुने सचिवलाई कारबाहीको दायरामा ल्याउने निर्णय गरेका थिए ।  बैठकमा भएको निर्णय सुुनाएर कार्यकारी अधिकृत झालाई उद्धार गर्न खोज्दा स्थानीयले आक्रोशित भएर रोकीराखेको गाडीमाथि ढुुंगा प्रहार गरेपछि प्रहरी र स्थानीयबीच केहीबेर दोहोरो झडपसमेत भएको थियो ।

 

झडपमा परी सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक वीरेन्द्र यादव र नेपाल प्रहरीका प्रहरी जवान घाइते भएका प्रहरी निरीक्षक अशोक झाले जानकारी दिएका छन् ।  कार्यकारी अधिकृतको उद्धारपछि हाल त्यहाँको अवस्था सामान्य हुँदै गएको र दोषीको खोजी भइरहेको प्रहरी निरीक्षक झाले बताए । रासस