राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउन प्रमाण जुटाउनेलाई एक करोड डलर पुरस्कार

३१ आश्विन २०७४, मंगलवार १५:२२

असोज ३१, अमेरिका । अमेरिकामा ‘पोर्न किङ’को रुपमा प्रख्यात धनाड्य ल्यारी फ्लिन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाभियोग लगाउन यथेष्ट प्रमाण दिनेलाई एक करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेका छन् ।

 

महिला अधिकार कार्यकर्ताले ‘खलनायक’को उपनाम दिएको ७४ वर्षीया ‘पोर्न किङ’ फ्लिन्टले राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउन यथेष्ट प्रमाण दिनेलाई एक करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेका हुन् । उनले गत आइतबार ‘द वाशिंगटन पोष्ट’को पहिलो पुरा पृष्ठमा राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउन यथेष्ट प्रमाण दिनेलाई एक करोड अमेरिकी डलर पुरस्कार दिने विज्ञापनमा गरेका थिए ।

 

उनले सन्चारमाध्यममा ठूला विज्ञापन नै दिएर नेताहरुलाई प्रभावमा पार्ने गर्दछन् ।

उनले यसअघि सन् १९७० मै अमेरिकी कांग्रेसको कुनैपनि सदस्यको ‘सेक्स स्क्यान्डल’बारे सुचना र प्रमाण दिनेलाई एकलाख अमेरिकी डलर दिने घोषणा गरेका थिए । विगत ४० वर्षअघि आफ्ना विरोधीले हानेको गोलि खुट्टामा लागेर मुख्य हड्डी भाँचियो । त्यसपछिको जिन्दगी उनले ‘ह्विलचेयर’मै जिवन बिताइरहेका छन् । व्यवसायबाट नाम र दाम कमाएर राजनीतिमा आउन चाहेका फ्लिन्ट आफ्नै अतीतको कारण त्यो सम्भव हुन नसकेको स्वीर्काछन् ।

 

अमेरिकामा ‘पोर्न’ उद्योगलाई कानुनी मान्यता दिलाउन अदालती लडाँईमा पैसा र लामो समय खर्च गरेका उनी सधैँ विवादास्पद भनाइ र कामबाट चर्चामा आउने गर्दछन् ।  सन् १९७० को दशकमा आफ्नै एक पत्रिका ‘हस्लर’सन्चालन गरेका उनले ‘बोल्ड मोडलिङ’का कारण एकदिनमा ३० लाख प्रतिसम्म बिकाएका थिए । यहि पत्रिकालाई आधार बनाएर उनले अमेरिकामा ‘पोर्नोग्राफि’लाई कानुनी मान्यता दिलाएका थिए ।

‘न्युडिस्ट क्लब, क्यासिनो, घरजग्गा, ब्रान्ड म्यानेजमेन्ट कम्पनि, संगीत उद्योग, भिडियो गेम्स्को कम्पनि आदीमा लगानी गरेका उनी अमेरिकामा सफल व्यवसायी मानिन्छन् ।  अमेरिकी प्रहरीबाट ‘यौन दुव्र्यव्यहार’को शिकार भएपछि यौनलाई नै आफ्नो मुख्य व्यवसाय बनाएको उनी बताउँछन् । उनले सुरुमा १८ सय डलरबाट आफ्नो व्यवसाय सुरु गरेका थिए ।

अहिले उनले पहिलेको ‘न्युडिस्ट क्लब’लाई ‘हस्लर क्लब’ नाम दिएर चलाइरहेका छन् । जहाँ नांगो महिलासँग नृत्य गर्न पाइन्छ ।  त्यस्तै, नांगो महिलाको दृश्य छाप्न सुरुमा ‘हस्लर न्युजलेटर’ चलाए । अहिले त्यहि पत्रिका ‘सेक्स म्यागजीन’को रुपमा अमेरिकामा छापिने गर्दछ । (एजेन्सी)