राष्ट्रपतिबाट गतिरोध अन्त्य गर्न काँग्रेससँग आग्रह

पुस ८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान, ऐनकानून र लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्दै वर्तमान गतिरोध अन्त्य गर्न नेपाली काँग्रेससँग आग्रह गरेकी छिन् ।

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलालगायत काँग्रेसका शीर्ष नेतासँग शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपतिले सो आग्रह गरेकी हुन् ।
उक्त अवसरमा उनीहरुबीच राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलगायत मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।


प्रकाशित | २०७४ पुष ८ प्रकाशित ०१:३४

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ