रायमाझी तेस्रो पटक भारी मतान्तरले विजयी, पुरा गर्लान त चुनावी एजेन्डा ?

२६ मंसिर २०७४, मंगलवार ०६:२५

मंसिर २६ बुटवल ।

तेजेन्द्र के.सी.

प्रतिनिधी सभाको निर्वाचनमा बामगठबन्धनबाट माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी अर्घाखाँचीबाट तेस्रो पटक विजयी भएका छन । २०६४, २०७० सालमा क्षेत्र नम्बर १ बाट विजयी भएका रायमाझी एउटा मात्र प्रतिनिधी सभा रहेको अर्घाखाँची जिल्लाभरबाट एमाले र जनमोर्चाको सहयोगमा विजयी भए । प्रतिद्धन्धी कांग्रेसका डा. रामबहादुर विसीलाई द्रोसो पटक पनी पराजय गरे ।


विसी २०७० सालमा झिनो मतान्तरले पराजय हुदैँ रायमाझीले जित हात पारेका थिए । अहिले पनि रायमाझीले विसीलाई नै भारी मतान्तर सहित पराजय गरे । पटक पटक मन्त्री तथा एकपटक उपप्रधानमन्त्री समेत भएका रायमाझीलाई तेस्रो पटक अर्घाखाँचीबासीले भारी मतले विजयी बनाए ।  २०३३ सालदेखी सक्रिय राजनितिमा रहेका विसी द्रोसो पटक पनी रायमाझीसँग नै चुनावी मैदानमा थिए । २०७० मा झिनो मतले हारेका विसी अहिले धेरैको मतान्तरले पराजय भए ।

बामगठबन्धनबाट उम्मेदवार भएका माओवादीका रायमाझीले ५०,३८५ मत ल्याएर भारी मतान्तर सहित विजयी भए । प्रतिद्धन्द्धी कांग्रेसका डा. विसीले ३१९४१ मत ल्याएका छन । रायमाझीले १८४४४ मत अन्तरमा विसीलाई पराजय गरे । रायमाझीले सुरुवातबाट नै आफ्नो अग्रतालाई बढाउँदै गएका थिए ।

माओवादीका प्रभावशाली नेता समेत रहेका रायमाझीले २०३० सालमा विद्यार्थी आन्दोलनमा भुमिका, युवा संघको केन्द्रीय अध्यक्ष, पार्टीको पोलिटव्युरो, स्थायी कमीटी सदस्य हुदैँ केन्द्रीय सचिव सम्म भएर काम गरे । नेपाल सरकारको १० विभिन्न मन्त्रालयमा पटक-पटक मन्त्री भएर काम गरेका रायमाझी ओली सरकारमा उपप्रधानमन्त्री तथा उर्जा मन्त्री भएर काम गरे ।

पुरा गर्लान त चुनावी एजेन्डा ?

रायमाझी भारी मतान्तर सहित जिल्लाबासीले विजयी बनाए । उनले चुनावमा बोलेका एजेण्डा हातहातमा लिएर बसेका छन अर्घाखाँचीबासी । रायमाझीलाई विजयीको सफलतासँगै चुनौती पनी छ । अन्य नेताहरुको तुलनामा राम्रो काम गरेको भनेर चिनिएका रायमाझीले अहिले जिल्लाबाट बाहिरिएका ५० हजार युवालाई स्वदेशमै फर्काउँने विभिन्न ठाउँमा उद्घोष गरे ।

उनले प्रत्येक छिमेकी जिल्ला र सवै गाउँका बाटालाई कालोपत्रे गर्ने, अर्घाभगवती विमानस्थल निमार्ण कार्य सम्पन्न गर्ने, नौमुरे जलविद्युत परियोजना सञ्चालन गर्ने, गुणस्तरीय शिक्षालयहरु प्रत्येक गाउँ र नगरमा स्थापना गर्ने, जिल्ला अस्पताललाई १०० शैयाको बनाउँने हरेक कार्याक्रममा उद्घोष गरे ।

प्रत्येक स्थानिय तहमा १५ शैयाको अस्पताल निमार्ण गर्ने, सिँचाई उपलव्ध नभएका सवै फाटहरुमा सिँचाई सुविधा गर्ने, सवै स्थानिय तहमा स्तरिय खेलकुद मैदान निमार्ण गर्ने लगाएतका महत्वकाक्षी योजना चुनावी एजेण्डा लिएर विजयी भएका रायमाझीले एजेण्डा पुरा गर्ने अपेक्षा जिल्ला बासीले लिएका छन । पाचँ वर्षको समय अवधिमा रायमाझीले गरेको काम हेर्न आत्तुर छन जिल्लाबासी ।