राप्रपाका चार मन्त्रीहरुलाई जिम्मेवारी बाँडफाँड, गृह र परराष्ट्रको जिम्मा देउबा आफै लिए

३१ आश्विन २०७४, मंगलवार १४:४८

असोज ३१, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका चार मन्त्रीहरुलाई जिम्मेवारी बाँडफाँड गरेका छन् । उपप्रधानमन्त्री कमल थापाले उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । गृहमन्त्रालय भने प्रधानमन्त्रीले आफैं राखेका छन् ।

 

मंगलबार अपराहृन नयाँ मन्त्रीहरुलाई जिम्मेवारी बाँडफाँड गरिएको हो ।  माओवादीलाई जिम्मेवारीबाट हटाएर खाली गराइएको परराष्ट्र मन्त्रालय पनि प्रधानमन्त्रीले आफैं राखेका छन् ।  शनिबार सपथ ग्रहण गरेका मन्त्री दिलनाथ गिरीले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने जयन्त चन्दले आपूर्ति मन्त्रालय र विक्रम थापाले महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रंधानमन्त्री देउवाले माओवादीका मन्त्रीहरुलाई विनाविभागीय बनाएर राप्रपाका मन्त्रीलाई जिम्मेवारी दिएका हुन् ।

देउवाको जम्बो मन्त्रिमण्डलको सूची