राजश्वसम्बन्धी समस्या समाधान गर्न आपूर्तिमन्त्रीलाई चेम्बरको आग्रह

असोज ५, काठमाडौं । आपूर्तिमन्त्री शिवकुमार मण्डलसँंग नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले भेट गरी राजश्वसम्बन्धी देखिएका प्राविधिक कठिनाइ हटाउन आग्रह गरेको छ ।

 

भेटमा दरबारमार्गमा बन्द रहेका पसल आवश्यक कानुनी प्रक्रिया पूरा गरी खुलाउन मन्त्रीले पहल गर्ने प्रतिवद्धता जनाएको चेम्बरले जनाएको छ । चेम्बरका कार्यवाहक अध्यक्ष ज्ञानेन्द्र रत्न तुलाधर, महासचिव कमलेश कुमार अग्रवाल, सचिव देवेन्द्रभक्त श्रेष्ठ, कार्यसमिति सदस्य दीपक मल्होत्रा, दरबारमार्ग विकास वोर्डका अध्यक्ष गोपाल सुन्दर कक्षपतिलगायत उपस्थित थिए ।


प्रकाशित | २०७४ आश्विन ५ प्रकाशित ०९:४६

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ