राजधानीमा सर्ट फिल्म फेस्टिभल जारी

१ मंसिर २०७४, शुक्रबार ०८:०८

मंसिर १, काठमाण्डौं ।
सर्ट फिल्महरुको प्रर्दशनी हरेक वर्ष झै यसवर्ष पनि राजधानीमा जारी रहेको छ ।

 

एकादेशमा इन्टरनेशनल सर्ट फिल्म फेस्टिभलमा नेपालसहित ४३ देशका कूल ९९ सर्ट फिल्म प्रदर्शन हुने आयोजकको भनाई छ । कात्तिक ३० देखि शुरु प्रर्दशनी मंसिर ३ गतेसम्म चल्ने छ । चार दिने प्रर्दशनीमा नेपालबाट २१ फिल्मले सहाभागिता जनाएक छन् । कमलपोखरस्थित कुमारी सिनेमाहलमा जारी बृतचित्र सन् २०१२ बाट शुरु भएको हो ।  सर्ट फिल्म फेस्टिभल एकादेशमाको यो पाँचौ संस्करण हो । यस पटक प्रर्दशनीले चेन्जिङ पर्सपेक्टिभ, फ्युचर अफ सिनेमा, मेड इन बंगलादेश, पावर, एकादेशमा फिल्म ल्याब, एकादेशमा पिच पिट जस्ता विभिन्न विधामा फिल्म प्रदर्शन गरिरहेको आयोजकले जनाएको छ । नेपाली फिल्म इन्ड्रस्ट्रीका नायिकाद्वय मनिषा कोइराला, नम्रता श्रेष्ठ लगायत जुरी मेम्बरमा रहेका छन्।

चेन्जिङ पर्सपेक्टिभमा कम्पिटेटिभ फिल्म प्रदर्शन भएका छन् भने फ्युचर अफ सिनेमामा स्टुडेन्सहरुले बनाएको फिल्म प्रदर्शन गरिएको आयोजकको भनाई छ । एकादेशमा ल्याबमा नेपाल र बंगलादेशका गरी कूल ९ फिल्म देखाइनेछ भने पिच पिटमा नेपालका चर्चित ९ निर्माताहरुले आफ्नो विचार राख्नेछन् । लेट देयर बी लाइट विधामा ३८ फिल्म देखाइनेछ। यसैगरी प्यानल डिस्कसनमा चलिचित्रमा नारी र दक्षिण एसियाली आबद्धता विषयमा बहस हुने बताईएको छ ।