राजधानीबाट मतदाता ओसार्दै राजनीतिक दल, उत्साव बन्दै निर्वाचन

९ मंसिर २०७४, शनिबार ०३:५४

मंसिर ९ काठमाडौं । आइताबार १० गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रादेशसभा सदस्य निर्वाचनका लागि राजधानीबाट मतदाताहरु आफ्नो गाउँ फर्किने क्रम व्यापक छ ।


राजधानीमा विभिन्न पेसा व्यावसाय तथा शिक्षाका लागि बसोबास गर्दै आएकाहरु एकसाथ निर्वाचनले गाउ तानिएका छन् । पहिलो चरणमा ३२ जिल्लामा हुने सो निर्वाचनमा विभिन्न राजनीतिक दलले नयाँ शैली अपनाउँदै आफ्नो पक्षमा मतदातालाई अकर्षित बनाएको छ  शुक्रबार मात्र हजारौको संख्यामा मतदाताहरु गाउँ गइसकेको छ भने आज शनिवार विहानै देखि गाडीहरु रिर्जभमा आफ्नो गाँउतर्फ फिरेका छन् ।

 

गाडी रिर्जभ आफुले नभई राजनीतिक दलहरुले नै व्यवस्थापन गरेकाले उनिहरु उत्साहित भएर मतदान गर्न गएका छन् । विभिन्न चोक चोकमा पखाईमा रहेको ठूलाठूला बसमा केही व्यक्ति नाम लिस्ट हेर्दै सम्पर्क गरिरहेको अवस्थामा बौद्ध पिपलबोटमा बसेको थियो केही बेरमै १० जना व्यक्तिहरु आएर यहि गाडी हुन सक्छ भन्दै चढ्दै थियो तर अन्ततः त्यहाँ उभिएको व्यक्तिसँग तिनीहरुको नाम लिस्ट नभएपछि बाहिर निस्किए । उक्त गाडी अर्कै दलले रिर्जभ गरेको रहेछ ।

त्यतिनैखेर ती महिलालाई कल आयो त्यो कल चाँही पक्कै आफ्नै गाडी भएकोले उनि सहित अन्य ९ जना खुसी हुदैं गाडी चढे र अरु केही व्यक्तिलाई कुरेको अवस्थामा रह्यो । यो दृश्य थियो सिन्धुपाल्चोक जाने गाडीको ।

त्यस्तै चाबहिल चोकमा पनि त्यस्तै दृश्य देखियो त्यहाँ स्थित मेडिकेयर अस्पताल अगाडी उभिएको ४०÷५० जनाको संख्या हेर्दा ठ्याक्कै कोही व्यक्तिको विहेको लागि तयार रहेको जस्तो तर तीनिहरु जन्त नभएर मतदाता रहेको पुष्टि भयो । यस्तै दृश्यहरुले आज बेलुका ५ बजेसम्म काठमाडौंको चोक भरिनेछ । साँच्चै भन्नुपर्दा निर्वाचन एक खालको महोत्सव तथा उत्साव जतिकै भएको छ । देशको ३२ जिल्लामा निर्वाचन भईरहदा कतै कतै झडपको स्थिति भएको समाचारहरु आउँछन् यी यस्ता अशान्तिपूर्ण वातावरण नगर्न सबै सचेत र सजग बन्नुपर्छ । सरकारले सुरक्षा व्यवस्थापनलाई कडाईका साथ स्वच्छ भयरहित निर्वाचनलाई सम्पन्न गर्न आग्रह गर्दछु । भीम लामा