रसुवामा मदिरा बिक्रीवितरणमा रोक

मंसिर ५, रसुवा । निर्वाचनका क्रममा अवाञ्चित क्रियाकलाप नियन्त्रणका लागि भन्दै रसुवामा मदिरा बिक्रीवितरणमा रोक लगाइएको छ ।

निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा स्थानीय प्रशासनले मदिरा बिक्रीवितरणमा रोक लगाएको हो । निर्वाचनको समयमा मदिरा सेवनका कारण आपराधिक क्रियाकलाप हुन सक्ने भन्दै निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै जिल्लाभर मदिरा बिक्री बितरणमा रोक लगाइएको जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिइन् । रसुवामा मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुँदै छ ।


प्रकाशित | २०७४ मंसिर ५ प्रकाशित ०४:२२

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ